०८ असार २०८३, सोमबार
संसद्‌मा कांग्रेसको अवरोध

२ घण्टासम्म पनि शुरू हुन सकेन १५ मिनेटका लागि स्थगित बैठक

चैत २, २०८०
काठमाडौं
२ घण्टासम्म पनि शुरू हुन सकेन १५ मिनेटका लागि स्थगित बैठक

सहकारी ठगीमा जोडिएका रवि लामिछानेलाई गृहमन्त्रीको जिम्मेवारी दिइएकोबारे संसद्‌मा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को जवाफ माग्दै नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ ।

कांग्रेसको अवरोधपछि शुक्रवार सवा २ बजे स्थगित बैठक अपरान्ह ४ बज्न लाग्दा पनि  शुरू हुन सकेको छैन । 

बैठक सुचारु गर्न सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रमुख सचेतकहरूको छलफल भए पनि सहमति जुट्न सकेको छैन ।

सहकारी ठगीको आरोप लागेका गृहमन्त्री लामिछानेलाई प्रस्ताव पेश गर्न नदिने नेपाली कांग्रेसको अडानपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

बैठकमा गृहमन्त्री लामिछाने राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची थियो ।

salt training

कमेन्ट गर्नुहोस्