कात्तिक २२, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
काठमाडाैं | चैत २, २०८०
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैयाँमा डिल भएको र पैसा जुटाउन भन्दै आफू केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतबाट मुक्त भएको बयान उनले आयोगलाई दिएका छन् ।
सुन तस्करीसम्बन्धी छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको जाँचबुझ आयोगलाई चलाउनेले विदेशबाट ह्वाट्स एपमा बयान दिएका थिए । उक्त बयानको अडियो रेकर्ड र च्याटमा भएको कुराकानीलाई आयोगले प्रमाणको रुपमा लिएर पेन ड्राइभमा हालेर बुझाएको छ । सीआईबीका कुन तहका अधिकारीले ६० लाख बार्गेनिङ गरेको भन्ने सम्बन्धमा स्रोतले बताउन चाहेन ।
‘सीआईबीले बयानका लागि बोलाएपछि म गएँ, त्यहाँको दोस्रो तलामा ४ घण्टा बयान भएको हो । त्यसक्रममा मसँग ६० लाख रुपैयाँको बार्गेनिङ भयो,’ चलाउनले आयोगसँगको बयानमा भनेका छन्, ‘अन्ततः ३० लाखमा डिल भएपछि बयानका कागज च्यातिए । म पैसा जुटाउन भन्दै सिंगापुर हुँदै मलेसिया आएँ ।’
सम्पर्क सुत्रमार्फत आयोगसँग सम्पर्कमा आएका चलाउनेले बयानका क्रममा वास्तविकता खोलेमा मलाई के हुन्छ ? भनेर सोधेका थिए । आयोगका अधिकारीले सजाय कम हुने आश्वासन दिएका थिए । ‘हाम्रो सम्पर्क सुत्रमार्फत चलाउने ह्वाट एपमा कुरा गर्न तयार भए, त्यसपछि उनले सीआईबीमा भएको बार्गेनिङको कुरा गरे । उनले थप कुरा आयोगमै उपस्थित भएर बयान दिने भनेपछि उनलाई नेपाल बोलाएका थियौं,’ आयोग स्रोतले लोकान्तरसँग भन्यो ।
आयोगसँग बयानका लागि चलाउने भारत हुँदै नेपाल आउन सीमावर्ती भारतको रुपैडिया नाकामा आएका थिए । उनी रुपैडिया नाकामा आएको सीआईबीले सुइको पाएपछि चलाउनेले प्रयोग गरेको मोबाइल फेरि सिंगापुरतिर पठाएको तथ्य आयोगले फेला पारेको स्रोतले बतायो ।
चलाउनेले दिएको सनसनीपूर्ण बयानबारे आयोग पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सविस्तार सुनाएका थिए । बुधवार आयोगले प्रतिवेदन गृहमन्त्री लामिछानेलाई बुझाएको थियो ।
त्यसपछि गृहमन्त्री लामिछानेले प्रधानमन्त्री प्रचण्ड र प्रहरी प्रमुख वसन्त कुँवरसँग छलफल गरेका थिए । सुन तस्करीका दोषीलाई उम्काउने काम गरेको भन्दै सीआईबी प्रमुख किरण बज्राचार्यलाई विभागीय कारबाही गर्न आयोगले प्रतिवेदनमा सिफारिस गरेको छ ।
आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धमा छलफल गर्न शुक्रवार अपरान्ह ५ बजे प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । आयोगले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, अध्यागमनका पूर्वमहानिर्देशक झलकराम अधिकारी लगायतलाई कारबाही सिफारिस गरेको छ ।
यी पनि पढ्नुहोस्ः
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...