
नेकपा माओवादी केन्द्रले पार्टीको विधानलाई अन्तिम रुप दिएको छ ।
शुक्रवार बसेको पार्टीको स्थायी कमिटीको बैठकले सम्पादनसहित विधानलाई अन्तिम रुप दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
‘विधान अधिवेशनमा यसको मूल स्पिरिट पहिल्यै पास भएको थियो । तर हामीले पार्टीको बैठकमा यसलाई अझै समृद्धि बनाउने री छलफल गरी यसलाई पूर्ण बनाएर पास गरेका छौं’, बैठकपछि सापकोटाले भने, ‘माओवादीको विधान अब पूर्ण र फाइनल भएको छ ।’
बैठकले राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले पार्टीको सबै जिम्मेवारीबाट दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।
२९ फागुनमा दाहाल राष्ट्रिय सभा अध्यक्ष चुनिएका थिए ।