०६ साउन २०८३, बुधबार

प्रधानमन्त्री प्रचण्ड र आईसीसीका अध्यक्षबीच भेटवार्ता

चैत ७, २०८०
काठमाडौं
प्रधानमन्त्री प्रचण्ड र आईसीसीका अध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष जर्ज बार्क्लेले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आज भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आइसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताएका थिए ।

'नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ', प्रधानमन्त्री प्रचण्डले भने, 'सन् २०२७ को ‘यू-१९ वुमन वर्ल्ड कप’ का लागि नेपाल सरकारले निकै महत्त्व दिएको छ । आईसीसीबाट पनि महत्त्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौं ।'

अध्यक्ष बार्क्लेले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आईसीसीले सहयोग गर्ने बताएका थिए ।

भेटमा नेपाल सरकारका मुख्य सचिव डा.बैकुण्ठ अर्याल र नेपाल क्रिकेट सङ्घका पदाधिकारीको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्