१० साउन २०८३, आइतबार

दक्षिण कोरियाली ट्याङ्कर जापाननजिकै पल्टियोः ७ जना बेपत्ता

चैत ७, २०८०
काठमाडौं
दक्षिण कोरियाली ट्याङ्कर जापाननजिकै पल्टियोः ७ जना बेपत्ता

टोकियो– जापानी समुद्रमा ११ जना चालकदलका सदस्यसहित चलिरहेको दक्षिण कोरियाली रासायनिक ट्याङ्कर समुद्रमा पल्टिँदा सात जना बेपत्ता भएको जापानी टेलिभिजन एनएचकेले बुधवार जनाएको छ ।

दुई कोरियाली, आठ इन्डोनेसियाली र एक चिनियाँ चालक दलका सदस्यसहित समुद्री मार्गबाट आफ्नो गन्तव्यमा हिँडिरहेका समय भएको दुर्घटनामा परेका चार जनालाई अहिलेसम्म उद्धार गरिएको एनएचकेले जनाएको छ । 

एनएचकेले दिएको श्रव्यदृष्यमा पल्टिएको जहाजको रातो भाग देख्न सकिन्छ । 

जहाज झुकिरहेको जानकारी चालकदलले बुधवार बिहान तटरक्षकलाई दिएको तथा जापानको दक्षिणपश्चिमी तटमा रहेको मुत्सुर टापु नजिकै सहयोगको अनुरोध गरेको एनएचकेले जनाएको छ ।

एनएचकेका अनुसार ट्याङ्करले बोकेको रसायनको प्रकार परिणाम वा त्यसमा चुहावटको विषयमा भने विस्तृत विवरण दिएको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्