२३ जेठ २०८३, शनिबार

डढेलोमा परेर बाबु-छोरीको मृत्यु

चैत ८, २०८०
काठमाडौं
डढेलोमा परेर बाबु-छोरीको मृत्यु

कालीकोटको खाडाचक्र-५ ढाडगाउँको वनमा लागेको डढेलोमा परेर बाबु छोरीको मृत्यु भएको छ । स्थानीय नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परेर गम्भीर घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । 

प्रहरीका अनुसार चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा परेर बाबुछोरी गम्भीर घाइते भएका थिए । 

उनीहरूलाई उपचारका क्रममा ज्यान गएको हो । छोरीको चैत ४ गते र बुवाको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ । 

डढेलोमा जलेर ४५ वटा बाख्रासमेत मरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्