×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

कांग्रेसको माग अलपत्र, वर्षमान पुनमाथि चौतर्फी प्रश्न

काठमाडाैं | चैत ८, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सहकारी ठगीमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग कम्तीमा ११ दिनका लागि अलपत्र परेको छ । प्रतिनिधिसभाको बैठक चैत्र १८ गतेसम्म स्थगित भएसँगै संसदीय छानबिन समिति गठन हुने नहुने विषय ११ दिनको लागि टरेको छ । 

Muktinath Bank

बुधवार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले आगामी बैठकमा संसदीय छानबिन समिति गठन नभए संसद् अवरुद्ध गर्ने चेतावनी दिएको थियो । सहकारी ठगीमा गृहमन्त्री लामिछानेको प्रत्यक्ष संलग्नता नरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफबाट चित्त नबुझेपछि कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको हो ।
००००
नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सहकारी ठगीमा रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने विषयमा किन डराएको भन्दै प्रश्न गरेकी छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभाको बुधवारको बैठकमा न्यौपानेले स्वार्थ बाझिएका लामिछानेमाथि छानबिन गर्नै नहुने गरी उनी स्वर्गबाट आएका हुन् भन्दै प्रश्न उठाएकी हुन् ।  
००००
सुन तस्करीसहित विभिन्न विषयमा मुछिएका अर्थमन्त्री वर्षमान पुनको विवादास्पद छविलाई लिएर यतिबेला चौतर्फी प्रश्न उठेका छन् । माओवादी पार्टीभित्रै केही स्थायी कमिटी सदस्यले पुनका सम्बन्धमा आइरहेका विवादले पार्टीकै छविमा आँच आउन सक्ने भन्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।


Advertisment
Nabil box
Kumari

आर्थिक र प्रशासनिक क्षेत्रका विज्ञहरूले उनीमाथि अनुसन्धान हुनुपर्ने राय व्यक्त गरिरहेका छन् । ‘उहाँ (वर्षमान पुन)ले आफूमाथि सार्वजनिकरूपमै प्रश्न उठेपछि नैतिकता देखाउन सक्नुपर्छ,ु एक स्थायी कमिटी सदस्यले भने, ‘यद्यपि केही विषयमा पार्टीविरुद्ध नै जबर्जस्ती गलत भाष्य खडा गर्न खोजिएको छ ।

Vianet communication

तर, लोकतन्त्रमा आफूमाथि प्रश्न उठिसकेपछि अनन्त कमरेडले यसबारे सोच्नुपर्छ । हामीले यो विषयमा बालुवाटारमा अध्यक्ष कमरेडसँग पनि छलफल गरिरहेका छौं ।’

तत्कालीन डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा १८ महिना अर्थमन्त्री भएका पुन पोखरा विमानस्थल निर्माण र चिनियाँ जहाज खरिद प्रकरणमा समेत विवादित बनेका थिए ।

००००
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्न निर्देशन दिएका छन् ।
सरुवा भएका अधिकारीलाई बुधवार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा बोलाएर उनले यस्तो निर्देशन दिएका हुन् । 

‘राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्नुस्। आज्ञापालक होइन, सिर्जनशील प्रशासक बन्नुस्। नागरिकबाट मान सम्मान खोज्ने होइन, उनीहरूलाई गर्नुस्। औपचारिक कार्यक्रममा धेरै समय बर्बाद नगर्नुस्। जिम्मेवारी दिँदा नै ‘सक्दिन’ भन्नुस्, लिएपछि नभाग्नुस्’, उनले निर्देशन दिँदै भने ।​
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुदूरपश्चिम प्रदेश समिति कार्यसम्पादन समितिको आज बसेको बैठकले प्रदेश सरकारका विषयमा कुनै निर्णय गर्न सकेन । सो पार्टीका प्रदेश अध्यक्ष धर्मराज जोशीको अध्यक्षतामा धनगढीमा बसेको बैठकमा प्रदेश सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा कुरा उठे पनि कुनै निर्णय नगरी सकिएको समितिका सदस्य सचिव छत्र शाहीले जानकारी दिए ।
००००
रुस सरकारले नेपाली नागरिकको शव पहिचानका लागि उनीहरुका निकटस्थ पारिवारिक सदस्यको ‘डिएनए’ नमुना पठाइनदिन आग्रह गरेपछि सम्पर्कमा आएका व्यक्तिको ‘जेनेटिक टेस्ट’ गर्न पठाइएको छ ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुरलर सेवा विभागले सम्पर्कमा आएका सम्बन्धित व्यक्तिमध्ये मङ्गलबार सात जनाको र आज एक जनाको ‘जेनेटिक टेस्ट’ गर्न नेपाल प्रहरी केन्द्रीय कार्यालयमा पठाएको जनाएको छ ।

 विभागले खोमबहादुर भुजेल, विमलकुमार गजमेर, प्रेमप्रकाश न्यौपाने, भीमबहादुर विक, क्षितिज बस्नेत, सोमेश सुनुवार, विजयबहादुर थोकर र जीतेन्द्रबहादुर घिसिङका आफन्तको ‘डिएनए’ परीक्षणका लागि पठाएको हो ।
००००
एकीकृत समाजवादीले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा गएका राजीव गुरुङ उर्फ दीपक मनाङेलाई  स्पष्टीकरण सोध्ने  निर्णय गरेको छ । मनाङे एकीकृत समाजवादी त्यागेर स्वतन्त्र हैसियतमा रहँदै पाण्डे नेतृत्वको सरकारमा गएका हुन् ।
००००
सरकारले ७ वर्षदेखि अड्किएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतालाई कार्यान्वयनमा लैजाने तयारी गरेको छ ।
विश्वस्त स्रोतबाट लोकान्तरलाई प्राप्त जानकारीअनुसार बीआरआई कार्यान्वयन सम्झौताको मस्यौदा तयार भइसकेको छ भने यसलाई निकै गोप्य राखिएको छ ।
००००
डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादीसँग एकता गर्ने समितिलाई भंग गरेको छ ।
भट्टराईको अध्यक्षमा बसेको पार्टीको छैठौं पूर्ण बैठकले पाटी विधि, पद्धति र अनुशासन विपरीत माओवादी केन्द्रमा पार्टीलाई विलय गराउने दूषित मनसायले केही व्यक्ति लागेको भन्दै एकताको लागि बनाइएको समिति भंग गरेको हो ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काम न काजका स्टाटस लेखेर समय बर्बाद नगर्न पार्टीका कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सामाजिक सञ्जालमा लेखिने स्टाटसले चेतना र सन्देश दिनुपर्ने उनको भनाइ थियो ।
००००
राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
यसवर्षको एसईई परीक्षाका लागि देशभर २ हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ३ दशमलव ३४ अङ्कले घटेर २ हजार ६३ दशमलव ९५ को विन्दुमा पुगेको छ ।

विभिन्न तीन सय पाँच कम्पनीका ९४ लाख ४५ हजार छ सय ९७ कित्ता शेयर ६० हजार १६ पटक खरिदबिक्री हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x