२६ जेठ २०८३, मंगलबार

आदर्श मानिएका नेतानै भ्रष्टाचारमा मुछिएको भन्दै माओवादी केन्द्रीय सदस्यले त्यागे पार्टी

चैत ८, २०८०
काठमाडौं
आदर्श मानिएका नेतानै भ्रष्टाचारमा मुछिएको भन्दै माओवादी केन्द्रीय सदस्यले त्यागे पार्टी

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेका छन् । आफू पार्टीमा संलग्न हुँदा देखेको सपना र अहिले प्रमुख नेतृत्व र सरकारबाट भैरहेको कामको समीक्षा गर्दा आकाश पातालको फरक पाएको भन्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् । 

जनयुद्धको दौरान आफैंले उठाएको मुद्दाबाट च्युत हुँदै जनादेशविपरीत पटक-पटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरताको अध्यारो दिशातर्फ धकेलेको महसुस गरेको भन्दै माओवादीमा बसिरहन नैतिकताले नदिएको उनले बताएका छन् । 

'माओवादी पार्टीमा संलग्न हुँदा मैले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भैरहेको कामको समीक्षा गर्दा आकाश पातालको फरक पाएको अनुभूति हुन्छ । महान जनयुद्धको समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको देखेर आत्मग्लानि मात्रै भएको छैन १७ हजार नेपाली नागरिकले दिएको बलिदान र त्यसको जगमा भएको महान जनयुद्धलाई नै कलंकित गर्ने काम भैरहेको महसुस गरेको छु,' उनले राजीनामा पत्रमा लेखेका छन्, 'माओवादी पार्टी गुटै गुटको महासंघमा रूपान्तरण हुनु ! १० वर्षे जनयुद्धको दौरान आफैंले उठाएको मुद्दाबाट च्युत हुँदै जानु र जनादेशिवपरीत सरकारमा रहनकै लागि पटक-पटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरताको अध्यारो दिशातर्फ धकेलेको महसुस गरेको छु ! यस्तो अवस्थामा माओवादी पार्टीमा बसिरहन मेरो नैतिकताले दिएन ।'

माओवादीको असल नीति र क्रान्तिकारी नेतृत्वकै कारण आफूले सरकारी सेवाबाट विद्रोहगरी भूमिगत राजनीतिक यात्रामा जाने निर्णय गरेको उनले स्मरण गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्