२७ जेठ २०८३, बुधबार

सुनको मूल्य दुई हजार छ सयले बढ्यो

चैत ८, २०८०
काठमाडौं
सुनको मूल्य दुई हजार छ सयले बढ्यो

सुनको मूल्य आज एकैदिन प्रति तोला दुई हजार ६ सय रुपैयाँका दरले वृद्धि भएको छ । बुधबार प्रति तोला सुन एक लाख २५ हजार दुई सयमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रति तोला एक लाख २७ हजार आठ सय तोकिएको छ ।
 
यस्तै तेजाबी सुन बुधबार प्रति तोला एक लाख २४ हजार ६ सयमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य एक लाख २७ हजार दुई सय निर्धारण गरिएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रति तोलामा ३५ ले वृद्धि भएको छ । बुधबार प्रति तोला एक हजार पाँच सय २० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार पाँच सय ५५ निर्धारण गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्