२९ जेठ २०८३, शुक्रबार

गृहमन्त्रीको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्रले सञ्चालन गरेका पेट्रोल पम्प २४ सै घण्टा खुला

चैत ८, २०८०
काठमाडौं
गृहमन्त्रीको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्रले सञ्चालन गरेका पेट्रोल पम्प २४ सै घण्टा खुला

 नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प बुधवारदेखि २४ सै घण्टा खुला गरिएको छ । 

नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गर्न थालिएको हो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि पेट्रोल पम्प २४ सै घण्टा खुला गरिएको गृह मन्त्रालयले जनाएको छ ।   
 

salt training

कमेन्ट गर्नुहोस्