
सरकारले ठूलो संख्यामा सचिव हेरफेरको तयारी थालेको छ। विभिन्न मन्त्रालय र निकायमा प्रशासनिक नेतृत्वमा रहने सचिवहरूको हेरफेरको लागि अन्तिम गृहकार्य थालिएको हो।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा पनि सचिव सरुवाको विषयले प्रवेश पाएको थियो। तर, केही ठाउँमा व्यवस्थापनमा गृहकार्य नपुगेको भन्दै सचिव सरुवाको औपचारिक निर्णय भने हुन सकेन ।
यद्यपि, मन्त्रिपरिषद् बैठकले केही रिक्त निकायमा सचिवको व्यवस्थापन गर्ने र केही ठाउँमा मिलान गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । नेपाल समाचारपत्रमा खबर छ ।