×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

प्रश्नको घेरामा अर्थमन्त्री पुन, भक्कानिए महरा

काठमाडाैं | चैत ९, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिने काम बिहीबार सकिएको छ ।

Muktinath Bank

बुधबारदेखि सुरु भएको बयान लिने कार्य सम्पन्न भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिए । बयान सकिएसँगै उालाई पुनःनर्भिक अस्पतालमै भर्ना गरिएको प्रहरीको केन्दीय अनुसन्धान ब्यूरो सिआइबीले जानकारी दिएको छ । कमजोर स्वास्थ्य अवस्थाका कारण उनलाई अदालतले नै अस्पतालमा राख्न भनेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बयानका क्रममा महरा भक्कानिएर रोएको स्रोतले बताएको छ । रुँदै उनले आरोप अस्वीकार गरेका थिए । ‘नखाएको विष लाग्यो,’ बयानका क्रममा उनी भक्कानिएका थिए । 
००००
नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच बिहीबार भेटवार्ता भएको छ । 
ओली निवास बालकोटमा भएको छलफलमा समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको बताइएको छ ।
००००
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे १० सदस्यीय टोलीको नेतृत्व गर्दै स्वीजरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । 
चैत १० देखि १४ गतेसम्म जेनेभामा हुने अन्तर व्यवस्थापिका संघ (आइपियू) को १ सय ४८औँ महासभामा सहभागी हुन सभामुख सहितको टोली बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेको हो ।
००००
सञ्चारमाध्यमलाई जिल्ला प्रशासन कार्यालयले निगरानी गर्ने निर्देशनबाट गृह मन्त्रालय पछि हटेको छ ।
गृहले बिहीवार साँझ विज्ञप्ति जारी गर्दै आमसञ्चार माध्यमका विषय निगरानी र कारबाही चलाउन प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूलाई गरेको परिपत्र सच्याइएको जनाएको छ ।
००००
विगत केही दिनदेखि आन्दोलनमा रहेका सहकारी बचतकर्ता र सरकारबीच ८ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ ।
अधिकारसम्पन्न समिति बनाएर बचतकर्ताको रकम फिर्ता गर्ने सरकारी प्रतिबद्धतासँगै सहकारी बचतकर्ताहरू सहमतिमा आएका हुन् ।
००००
विद म्यानेजमेन्ट प्रालिका सञ्चालक भीमकान्त भण्डारी मुख्य हिस्सेदार रहेको कम्पनीका नाममा ८ करोड रुपैयाँ ऋण पास गरिदिन अर्थमन्त्री वर्षमान पुनको सचिवालयबाट नेपाल बैंक लिमिटेडलाई दबाब दिइएको खुलेको छ ।


Advertisment
Nabil box
Kumari

अर्थमन्त्री वर्षमान पुनको सचिवालयबाट भण्डारीलाई जसरी पनि ऋण उपलब्ध गराउन नेपाल बैंक लिमिटेडलाई दबाब दिइएको विश्वस्त स्रोतले लोकान्तरलाई जानकारी दियो । नेपाल बैंकमा नेपाल सरकारको ५१ प्रतिशत शेयर छ ।

Vianet communication

भण्डारी वर्षमान पुन विगतमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री भएका बेला सरकारी कर्मचारीको तर्फबाट उनको निजी सचिवालयमा काम गरिसकेका व्यक्ति हुन् ।
भण्डारी आफैं र अर्थमन्त्रीको सचिवालयबाट तीव्र दबाब आएको नेपाल बैंकका एक उच्चपदस्थ कर्मचारीले लोकान्तरसँग पुष्टि गरे ।
००००
मन्त्रीहरू विवादित र नतिजाविहीन भएको भन्दै सत्ता समीकरण बदलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख पदमै स्वार्थ बाझिने मन्त्री नियुक्त गरेका छन् ।
नेपाली कांग्रेसले सरकार सञ्चालनमा प्रभावकारी काम गर्न नदिएको र असहयोगको नीति लिएको आरोप लगाएका प्रचण्डले फेरि विवादित पात्रलाई मन्त्री चयन गरेपछि सदनदेखि सडकसम्म आलोचनाको स्वर सुनिन थालेको छ ।

मुख्यगरी यसअघि पटक–पटक भएका सुन तस्करीदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत चिनियाँ कम्पनी सीएमसीलाई ठेक्का दिने गैरकानूनी निर्णय गरेका वर्षमान पुन अर्थमन्त्री छन् ।

उनका साथै, नागरिकले आफ्नो गाँस कटाएर बचत गरेको नगद अपचलनमा आरोपित रवि लामिछाने स्वार्थ बाझिने गृह मन्त्रालयको कमाण्डमा छन् ।  
००००
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प बुधवारदेखि २४ सै घण्टा खुला गरिएको छ । 
नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गर्न थालिएको हो ।
००००
पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका छन् ।
पीडितहरूले बिहीवार समितिका सभापति रामहरि खतिवडासमक्ष उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलगायत अन्यविरुद्ध उजुरी दिएका हुन् ।
उक्त उजुरीमा १८ हजार ७०० वचतकर्ताको लगभग १ अर्ब ४० करोड रुपैयाँ हिनामिना भएको र विगत २ वर्षदेखि कुनै पनि निक्षेपकर्ताले १ रुपैयाँ पनि फिर्ता पाउन नसकेको उल्लेख छ । 
००००
सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ । बिहीबार बिहान संसद् सचिवालयमा सभामुख घिमिरे र अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो । 
दाहाल राष्ट्रिय सभा अध्यक्ष भएपछि सभामुखसँग यो पहिलो औपचारिक भेट हो ।
००००
बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकणमा मुछिएका नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका छन् ।

जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को समन्वयमा जिल्ला सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान बयान दिएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका हुन् ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x