
नेपाली बजारमा सुनको मूल्य आज घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो ।
बिहीवार छापावाल सुन प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँले कारोबार भएको थियो । आज एक लाख २६ हजार पाँच सय मूल्य कायम गरिएको छ ।
यस्तै तेजाबी सुन बिहीवार प्रतितोला रु एक लाख २७ हजार दुई सयमा कारोबार भएकोमा आज रु एक लाख २५ हजार नौ सय मूल्य कायम गरिएको हो ।
चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला रु एक हजार पाँच सय ५५ मा कारोबार भएकोमा आज प्रतितोला रु एक हजार पाँच सय कायम गरिएको छ ।