
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज उनीहरूबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।
समाजवादी मोर्चामा एमाले सहभागी नहुने उनले बताए । समाजवादी मोर्चामा एमाले सहभागी हुने हो भन्ने पत्रकारलाई प्रश्नमा उनले हैन जवाफ फर्काएका थिए ।