१६ असार २०८३, मंगलबार
मालपोत कार्यालय डिल्लीबजारको निर्णय

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा दाखिल

चैत ९, २०८०
काठमाडौं
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा दाखिल

चौधरी समूहले गैरकानूनी रूपमा हडपेको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत आएको छ । 

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत छविलाल नेपालीले उक्त जग्गा नेपाल सरकारको मातहतमा ल्याउने निर्णय भएको लोकान्तरलाई जानकारी दिए ।

'मालपोत ऐन २०३४ को दफा २४ भएको व्यवस्था अनुसार उक्त जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको छ,' नेपालीले लोकान्तरसँग भने ।

२०४३ सालमा विनोद चौधरी र उनको परिवारका सदस्यको नाममा च्याम्पियन फूटवेयर कम्पनी खडा गरेर प्रति रोपनी २ लाख ५० हजारका दरले ६ रोपनी जग्गा कम्पनीको नाममा गरिएको थियो ।

त्यसको एक वर्षपछि थप ४ रोपनी जग्गा च्याम्पियन फूटवेयरलाई दिने निर्णय कारखानाले गरेको थियो ।​

त्यसबापत च्याम्पियन फूटवेयरमा प्रतिकित्ता १ हजारका दरले २५ सय कित्ता शेयर लिने निर्णयमा उल्लेख थियो ।

विनोद चौधरी हर्ताकर्ता भएको चौधरी ग्रुप अफ इन्डस्ट्रिजले खोलेको च्याम्पियन फूटवेयरलाई जग्गा दिने निर्णय गर्ने मुख्य पात्र अजितनारायण सिंह थापा त्यतिबेला बाँसबारी छालाजुत्ता कारखानाको कार्यकारी अध्यक्ष थिए ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानमा थापाले च्याम्पियन फूटवेयरमा जम्मा १२ लाख २५ हजार लगानी गर्नुपर्नेमा बाँसबारी छालाजुत्ता कारखानाले २६ लाखभन्दा बढी लगानी गरेको भेटिएको थियो ।

यसअघि विनोद चौधरीका सहोदर भाइ अरुण चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका त्यतिबेलाका प्रमुख अजितनारायण सिंह थापा र पूर्व कर्मचारीसमेत रहेका सञ्जय ठाकुरलाई सीआईबीले पक्राउ गरेको थियो ।

उनीहरूलाई बाहिरै राखेर अनुसन्धान गर्ने जिल्ला अदालतको आदेशपछि उनीहरू रिहा भएका थिए ।

बिहीवार नेपाली कांग्रेसका सांसदसमेत रहेका विनोद चौधरीलाई काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा सीआईबीले बयान लिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्