
टेष्ट राष्ट्र आयरल्याण्डको ‘ए’ टोली (आयरल्यान्ड वुल्भ्स) र नेपालबीच हुने क्रिकेट प्रतियोगिताका खेलहरू डिशहोमको एक्सन स्पोर्ट्स च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
डिशहोम र क्यानको सम्झौताअनुसार आयरल्यान्ड वुल्भ्सले नेपालमा खेल्ने ८ खेल एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्नेछ ।
नेपालको राष्ट्रिय टोली गुजरात र बडोदासँग टी–२० त्रिकोणात्मक सिरिजका लागि भारत जानुअघि पाहुना टोली आयरल्यान्ड वुल्भ्ससँग चैत १२ र र १३ गते टी २० क्रिकेट खेल्ने कार्यक्रम रहेको छ ।
त्यसपछि आयरल्यान्ड वुल्भ्सले नेपाल 'ए'विरुद्ध तीन खेलको टी–२० सिरिज र त्यसपछि तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका रहेको छ ।
त्यसपछि ए टिमसँग टी २० चैत १५ गते, चैत १६ गते र चैत १८ गते गरी तीन वटा म्याच खेल्ने छ ।
यस्तै, तीन वटा एक दिवसीय खेलहरू भने चैत २१, २३ र २५ गते हुने छन् । प्रतियोगिताका सबै खेलहरू त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छन् ।