×

NMB BANK
NIC ASIA

भारत सरकारलाई प्रदर्शनकारीको चुनौती– म पनि केजरीवाल हुँ, मलाई पनि गिरफ्तार गर

काठमाडाैं | चैत ११, २०८०

NTC
Premier Steels

नयाँ दिल्ली– सन् २०२१ नोभेम्बर १७ मा दिल्ली सरकारले राज्यमा नयाँ मदिरा नीति लागू गर्दा अनियमितता गरिएको र इजाजत धारकहरूलाई अनुचित लाभ दिइएको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको विरोधमा आम आदमी पार्टी (आप)का समर्थकहरूले आइतवार प्रदर्शन गरेका छन् । 

Muktinath Bank

आपका प्रमुख तथा दिल्लीका मुख्यमन्त्री केजरीवाललाई प्रवर्तन निर्देशालय (ईडी)ले गत मार्च २१ मा पक्राउ गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ मदिरा नीति लागू गर्दा यसमा लाइसेन्स शुल्क माफ वा कम गरिएको छ । यो नीतिले सरकारी राजस्वमा  १ अर्ब ४४ करोड ३६ लाख भारतीय रूपैँया घाटा भएको दाबी गरिएको थियो । यस विषयमा छानबिन गर्न सिफारिस गरेपछि सन् २०२२ को जुलाई ३० मा दिल्ली सरकारले नयाँ अन्तःशुल्क नीति फिर्ता लिई पुरानो प्रणालीलाई पुनः स्थापित गरेको थियो ।    


Advertisment
Nabil box
Kumari

ईडीले आप नेतालाई पक्राउ गरेकोमा आपत्ति जनाउँदै प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै ‘म पनि केजरीवाल हुँ, मलाई पनि गिरफ्तार गर’ भन्दै आइटिओ फूट ब्रिजमा भेला भई प्रदर्शन गरेका छन् ।

Vianet communication

null 

आपले केजरीवालको गिरफ्तारीको विरोधमा आइतवार दिल्लीभरि मैनबत्ती जुलुस निकाल्ने र पुतला दहन गर्ने घोषणा गरेको छ ।

‘सरकारको गैर–प्रजातान्त्रिक कार्य र अरविन्द केजरीवालको फर्जी गिरफ्तारीको विरोधमा आइतवार दिल्लीभरि मैनबत्ती जुलुस र पुतला दहन गरिनेछ,’ आपले शनिवार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको विरोधमा दिल्लीका जनता सडकमा उत्रिएका हुन् । 'केजरीवालको ढालको रुपमा हामी सबै एक साथ उभिनुपर्छ । अरविन्द केजरीवालको गिरफ्तारी मोदी सरकारलाई सत्ताबाट हटाउने अन्तिम कारण साबित हुनेछ,' उनीहरूले भनेका छन् । 

राउज एभेन्यू अदालतले शुक्रवार केजरीवाललाई छ दिन (२८ मार्चसम्मका) लागि ईडी हिरासतमा राख्न अनुमति दिएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x