०५ साउन २०८३, मंगलबार

भारत सरकारलाई प्रदर्शनकारीको चुनौती–  म पनि केजरीवाल हुँ, मलाई पनि गिरफ्तार गर

चैत ११, २०८०
काठमाडौं
भारत सरकारलाई प्रदर्शनकारीको चुनौती–  म पनि केजरीवाल हुँ, मलाई पनि गिरफ्तार गर

नयाँ दिल्ली– सन् २०२१ नोभेम्बर १७ मा दिल्ली सरकारले राज्यमा नयाँ मदिरा नीति लागू गर्दा अनियमितता गरिएको र इजाजत धारकहरूलाई अनुचित लाभ दिइएको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको विरोधमा आम आदमी पार्टी (आप)का समर्थकहरूले आइतवार प्रदर्शन गरेका छन् । 

आपका प्रमुख तथा दिल्लीका मुख्यमन्त्री केजरीवाललाई प्रवर्तन निर्देशालय (ईडी)ले गत मार्च २१ मा पक्राउ गरेको थियो । 

नयाँ मदिरा नीति लागू गर्दा यसमा लाइसेन्स शुल्क माफ वा कम गरिएको छ । यो नीतिले सरकारी राजस्वमा  १ अर्ब ४४ करोड ३६ लाख भारतीय रूपैँया घाटा भएको दाबी गरिएको थियो । यस विषयमा छानबिन गर्न सिफारिस गरेपछि सन् २०२२ को जुलाई ३० मा दिल्ली सरकारले नयाँ अन्तःशुल्क नीति फिर्ता लिई पुरानो प्रणालीलाई पुनः स्थापित गरेको थियो ।    

ईडीले आप नेतालाई पक्राउ गरेकोमा आपत्ति जनाउँदै प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै ‘म पनि केजरीवाल हुँ, मलाई पनि गिरफ्तार गर’ भन्दै आइटिओ फूट ब्रिजमा भेला भई प्रदर्शन गरेका छन् ।

null 

आपले केजरीवालको गिरफ्तारीको विरोधमा आइतवार दिल्लीभरि मैनबत्ती जुलुस निकाल्ने र पुतला दहन गर्ने घोषणा गरेको छ ।

‘सरकारको गैर–प्रजातान्त्रिक कार्य र अरविन्द केजरीवालको फर्जी गिरफ्तारीको विरोधमा आइतवार दिल्लीभरि मैनबत्ती जुलुस र पुतला दहन गरिनेछ,’ आपले शनिवार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको विरोधमा दिल्लीका जनता सडकमा उत्रिएका हुन् । 'केजरीवालको ढालको रुपमा हामी सबै एक साथ उभिनुपर्छ । अरविन्द केजरीवालको गिरफ्तारी मोदी सरकारलाई सत्ताबाट हटाउने अन्तिम कारण साबित हुनेछ,' उनीहरूले भनेका छन् । 

राउज एभेन्यू अदालतले शुक्रवार केजरीवाललाई छ दिन (२८ मार्चसम्मका) लागि ईडी हिरासतमा राख्न अनुमति दिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्