×

NMB BANK
NIC ASIA

गृहमन्त्री लामिछानेको राजीनामा माग्नु कांग्रेसको राजनीतिक पूर्वाग्रह : एमाले

काठमाडाैं | चैत ११, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको विषय राजनीतिक पूर्वाग्रह भएको टिप्पणी गरेका छन् ।​​

Muktinath Bank

रविविरुद्ध अहिलेसम्म राज्यको नियामक निकायमा औपचारिक उजुरी दर्ता भइनसकेको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार बसेको पार्टीको सचिवालय बैठकको निर्णय सुनाउने क्रममा ज्ञवालीले औपचारिक रुपमा उजुरी दर्ता भएमा मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘विगतमा हामीले उठाएको र अहिले कांग्रेसले उठाइएको विषय फरक छ । सरकारले बनाएको छानबिन आयोगले दोषी देखाएका एक मन्त्रीको राजीनामा मागेका थियौं । अर्को मन्त्रीलाई बयानका लागि अख्तियारले बोलाइसकेपछि न्यूनतम नैतिकता नदेखाइ झण्डा हल्लाएर गएको विषय थियो’, ज्ञवालीले भने, ‘अहिलेका गृह मन्त्रीविरुद्ध त्यो लेबलको उजुरी मुद्दा दायर भएको छैन, नियामक निकायले बोलाएको छैन ।’

Vianet communication
Laxmi Bank

लामिछाने सम्बन्धमा कांग्रेसको द्वैध भूमिका देखिएको ज्ञवालीले टिप्पणी गरे ।

‘प्रचण्डले कांग्रेससँगको सहकार्य तोड्ने निर्णय गरेपछि कांग्रेसले नै प्रधानमन्त्रीको अफर गरेको मान्छे गृहमन्त्रीका लागि अयोग्य हुन्छ भन्नु द्वैध भूमिका भयो’, ज्ञवालीले भने, ‘औपचारिक निकायमा उजुरी दर्ता भएमा मार्ग प्रशस्त गर्नुपर्छ । कोही दोषी देखिए एमालेले ढाकछोप गर्दैन ।’

सहकारी ठगीमा जोडिएका लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै कांग्रेसले संसद् अवरुद्धको चेतावनी दिएको छ ।

‘राजनीतिक प्रतिशोधको आधारमा संसद् अवरुद्ध गर्नु जिम्मेवार कदम हुन सक्दैन’, ज्ञवालीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x