१४ असार २०८३, आइतबार

डोटीमा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु

चैत ११, २०८०
डोटी
डोटीमा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु

डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आदर्श गाउँपालिका-२ की ६० वर्षीया भागादेवी ओझा छिन् । 

उनको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।

उनका अनुसार ​ओझासँगै ढिस्कोमा पुरिएका ५० वर्षीया पार्वती खड्काको उद्धार गरिएको छ । खड्काको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।  

शनिवार मात्रै माटो खन्ने क्रममा ढिस्कोले पुरिएर शिखर नगरपालिका–९ का २१ वर्षीया निर्मला रोस्याराको मृत्यु भएको थियो ।​​​

रोस्यारासँगै माटो लिन गएका अन्य तीन महिलालाई उद्धार गरिएको बताइएको छ ।​

स्थानीयवासी नयाँ वर्ष नजिकिएसँगै घर लिपपोतका लागि रातो तथा कमेरो माटो बढी मात्रामा प्रयोग गर्दछन् ।

salt training

कमेन्ट गर्नुहोस्