
७५ ग्राम लागुऔषधसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रोहिणी गाउँपालिका ३ का १९ वर्षीय अनरजीत यादव, १९ वर्षीय आशिष धोबी र सिद्धार्थनगरपालिका १ का २१ वर्षीय सहदेव हरिजन रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
रोहिणी गाउँपालिका वडा नम्बर ३ मा खैरो हिरोइनको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस्तै, प्रहरीलाई अनुचित प्रभावमा पार्न खोज्ने अर्का एक जनालाई पनि पक्राउ गरेको छ ।
भारतबाट अवैध रुपमा कुखुरा ल्याउँदै गरेका उनलाई आइतवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको महाराजगन्ज जिल्ला थाना सुनौली फरेनाका ४५ वर्षीय सोनु मुसलमान छन् । उनलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो ।
आइतवार सिद्धार्थनगर नगरपालिका वडा–६ गल्लामण्डी पिप्रहवास्थित भारतबाट लुकाई छिपाई बोइलर कुखुराहरू नेपालतर्फ ल्याइरहेको भन्ने गोप्य सूचना प्रहरीले पाएको थियो ।
सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले रोकी सोधपुछ गर्दा उनले प्रहरी टोलीलाई अनुचित प्रभावमा पार्न खोजेका थिए ।
त्यसपछि उनलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको रुपन्देही प्रहरी प्रमुख रञ्जित राठोरले जानकारी दिए ।