३१ जेठ २०८३, आइतबार

बाजुराको छेडेदहतालमा डुङ्गा पल्टिँदा १ जना बेपत्ता

चैत ११, २०८०
बाजुरा
बाजुराको छेडेदहतालमा डुङ्गा पल्टिँदा १ जना बेपत्ता

बाजुराको खप्तड छेडेदहगाउँपालिका–४ र ७ मा पर्ने छेडेहदतालमा डुङ्गा पल्टिँदा १ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा खप्तड छेडेदह–७ लमगाउँका अन्दाजी ३२ वर्षीय वीरेन्द्र रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

अचानक तालमा डुङ्गा पल्टिँदा  रावत बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बाजुराकाप्रहरी नायब निरीक्षक सुरेश भण्डारीले  जानकारी दिए ।

डुङ्गामा सवार अन्य ६ जना पौडी खेलेर सकुशल बच्न सफल भएका उनले बताए ।

बेपत्ता रावतको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्