
इंडियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाईटन्सले मुम्बई इण्डियन्समाथि जीत हात पारेको छ । गृएराति भएको खेलमा गुजरातले मुम्बई इण्डियन्सविरुद्ध ६ रनको रोमाञ्चक जीत दर्ता गरेको हो ।
गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो ।
अन्तिम ओभरमा मुम्बईलाई जितका लागि १९ रनको आवश्यकता थियो । तर, १९ रन जोड्न भने सक्न ।
मुम्बईका लागि डेवाल्ड ब्रेभिसले ३८ बलमा सर्वाधिक ४६ रन बनाए । यस्तै ओपनर रोहित शर्माले २९ बलमा ४३ रन प्रहार गरे । तिलक बर्माले २५ तथा नमन धिरले २० रनको योगदान दिए ।
गुजरातका लागि स्पेन्सर जोन्सन, मोहित शर्मा र अजमतुल्लाह ओमारजाईले समान २-२ विकेट लिए । यस्तै साई किशोरले १ विकेट लिए ।
त्यसअघि अहमदाबादमा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । गुजरातका लागि साई सुदर्शनले ३९ बलमा सर्वाधिक ४५ रन बनाए ।
यस्तै पहिलो पटक कप्तानी गरिरहेका शुभमन गिलले २२ बलमा ३१ रन जोडे । राहुल तेवातियाले २२ तथा रिद्धिमान शाहले १९ रन बनाए । मुम्बईका जस्पृत बुम्राहले ३ विकेट लिए । यस्तै जेराल्ड कोट्जीले २ तथा पियुस चावलाले १ विकेट लिए ।
यसअघि हिजै भएको पहिलो खेलमा राजस्थान रोयल्सले लखनऊ सुपर जाएन्ट्स माथि २० रनको जीत निकालेको थियो ।