२४ जेठ २०८३, आइतबार

उज्जैनको महाकाल मन्दिरको गर्भ गृहमा आगलागी हुँदा पुजारीसहित १३ जना घाइते

चैत १२, २०८०
काठमाडौं
उज्जैनको महाकाल मन्दिरको गर्भ गृहमा आगलागी हुँदा पुजारीसहित १३ जना घाइते

भारतको मध्य प्रदेशस्थित उज्जैनको महाकाल मन्दिरको गर्भ गृहमा आगलागी हुँदा पुजारीसहित १३ जना घाइते भएका छन् ।  घटना हुँदा मन्दिर परिसरमा होली मनाइँदै थियो ।

आज बिहान होलीका अवसरमा मन्दिरको गर्भगृहमा भस्म आरती गर्न गुलाल फाल्ने क्रममा आगलागी भएको हो । आरतीको क्रममा आगलागी हुँदा मुख्य पुजारी सञ्जय गुरुसहित पुजारी र मन्दिरका कर्मचारीसहित १३ जना घाइते भएको बीबीसी हिन्दीले जनाएको छ । घाइतेलाई उज्जैनको जिल्ला अस्पताल लगिएको समाचारमा उल्लेख छ । 

समाचार अनुसार होलीको अवसरमा भस्म आरतीका क्रममा गुलाल फाल्ने क्रममा आगलागी भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्