२५ जेठ २०८३, सोमबार
दुर्घटना

अछाममा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

चैत १२, २०८०
काठमाडौं
अछाममा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अछाममा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका-७ मा आज बिहान सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । मेल्लेखको षोडशाबाट साँफेबगर जाने क्रममा ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीयरङ्गधामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले लोकान्तरलाई जानकारी दिए । 

दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइते तीनै जनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्