
नेपालले आयरल्याण्ड 'ए'विरुद्धको टी २० मा सहज जीत हात पारेको छ ।
सोमवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्याण्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले सहज जीत हात पारेको हो ।
१२२ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक रन बनाए ।
सन्दीप जोराले ३५ बलमा ३६ रन बनाए । आशिफ शेखले ११ बलमा १६ रन बनाए ।
१२२ रनको लक्ष्य १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेपाललाई सहजै ६ विकेट जीत दिलाउन कुशल भुर्तेलले सर्वाधिक ३७ रनको योगदान दिए ।
यस क्रममा उनले ३२ बल खेल्दा ४ वटा चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले १२ बलमा २० रन बनाए । सन्दीप जोराले ३५ बलमा ३६ रन बनाए । आशिफ शेखले ११ बलमा १६ रन बनाए । टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाउँदै नेपाललाई रनको लक्ष्य दिएको थियो ।
आयरल्यान्ड 'ए'को लागि स्टेफन दोनीले ४६ रनको उच्च योगदान दिए । थोमस मयश र लियाम म्याकार्थीले दुवैले १६/१६ रनको योगदान दिए ।
नेपालका लागि गुल्सन झा, ललित राजवंशी र कुशल भुर्तेल तीनै जनाले दुई दुई विकेट लिए । करण केसीले १ विकेट लिए ।