
संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषदले पहिलोपटक सोमबार मुलमानहरूको पवित्र महिना रमजानमा गाजामा युद्धविरामको माग गरेको छ ।
दक्षिणी इजराइलमा हमासले अक्टोबर ७ मा गरेको हमलाका क्रममा बन्दी बनाइएका सबै बन्धकहरूको रिहाइको माग गरिएको प्रस्तावको मतदानमा अमेरिका अनुपस्थित रहेको छ । यद्यपि यो उपायले अप्रिल ९ मा समाप्त हुने रमजानको समयमा युद्धविरामसँगको मागलाई जोड्दैन ।
इजराइल–हमास युद्धमा ‘तत्काल र दिगो युद्धविराम’ लाई समर्थन गर्ने अमेरिकाको प्रायोजनमा ल्याइएको प्रस्तावलाई रूस र चीनले शुक्रबार भिटो लगाएपछि पछिल्लो प्रस्तावमा मतदान भएको हो ।
सोमबार स्वीकृत भएको प्रस्तावले अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा शत्रुता रोक्नका लागि जारी वार्तामा चोट पुर्याउन सक्ने अमेरिकाले चेतावनी दिएको छ । यसबाट यसपटक अमेरिकीहरूले अर्को भिटो लगाउने सम्भावना बढाएको छ । दश निर्वाचित परिषद्का सदस्यहरूले प्रस्तुत गरेको प्रस्तावलाई रुस, चीन र राष्ट्रसङ्घमा २२ मुलुकको अरब समूहको समर्थन छ ।
अरब समूहले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा सुरक्षा परिषद्का सबै १५ सदस्यसँग ‘एकता र तत्परताका साथ काम गर्न’ र ‘रक्तपात रोक्न, मानव जीवनको रक्षा गर्न र थप मानवीय पीडा र विनाश रोक्न’ प्रस्तावको पक्षमा मतदान गर्न अपिल गरिएको छ ।
रमजान आगामी महिना समाप्त हुने भएकाले युद्धविरामको माग दुई साता मात्रै रहनेछ । यद्यपि मस्यौदा प्रस्तावमा ‘स्थायी दिगो युद्धविराम हुनुपर्छ’ भनिएको छ ।
युद्ध सुरु भएदेखि सुरक्षा परिषद्ले गाजामा बिग्रँदो मानवीय स्थितिमा दुई प्रस्ताव पारित गरेको छ तर कुनै पनि प्रस्तावले युद्धविरामको आह्वान गरेका छैनन् ।
गाजाले गम्भीर मानवीय आपतकालको सामना गर्नुपरिरहेको छ । मार्च १८ मा भोकमरीसम्बन्धी अन्तर्राष्ट्रिय प्राधिकरणको रिपोर्टमा उत्तरी गाजामा ‘भोकमरी आसन्न रहेको’ र युद्धको वृद्धिले यस क्षेत्रका २३ लाख मानिसमध्ये आधा भोकमरीको छेउमा पुग्नसक्ने बताइएको छ ।
अमेरिकाले गाजामा युद्धविरामको माग गर्ने तीन वटा प्रस्तावलाई भिटो लगाएको छ । पछिल्लो प्रस्ताव फेब्रुअरी २० मा अरब समर्थित उपाय हो । उक्त प्रस्तावलाई एक बहिष्कारका साथ १३ सदस्यले समर्थन गरेका थिए । उक्त प्रस्तावमाथिको मतदानले युद्धविरामका लागि व्यापक समर्थनलाई प्रतिविम्बित गर्दछ ।
रुस र चीनले अक्टोबरको अन्त्यमा अमेरिका प्रायोजित प्रस्तावमा भिटो प्रयोग गरेका थिए । रुस र चीनले उक्त प्रस्तावले युद्धविरामको विश्वव्यापी आह्वानलाई प्रतिविम्बित नगर्ने बताएका थिए ।
दुवै मुलुकले शुक्रबार अमेरिकी प्रस्तावलाई पुनः भिटो लगाएका थिए । उनीहरूले उक्त प्रस्ताव अस्पष्ट भएको र युद्ध अन्त्य गर्ने सिधा माग नभएको बताएका छन् । रासस