
नेपाल भ्रममा रहको आयरल्यान्ड 'ए'विरुद्ध नेपालले टी-२० को दोस्रो खेलमा १९९ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै १९९ रनको लक्ष्य दिएको हो ।
७ विकेट क्षतिमा नेपालले १९८ रन बनाएको हो ।
नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६, कुशल मल्लले ३४ र रोहित पौडेलले ३३ रनको योगदान दिए ।
कुशलले १३ बलमै ३४ रन बनाएका हुन् ।
यस्तै कुशल भुर्तेलले २५, सन्दीप जोराले १० बलमा २१ र विवेक यादवले ८ बलमा नटआउट ७ रन बनाए ।
यस्तै आसिफ शेखले ११ र अनिल साहले १२ रन बनाए ।
सोमवार भएको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो ।