०१ असार २०८३, सोमबार

चितवनमा चट्याङ लागेर एकै घरका ३ जना घाइते

चैत १३, २०८०
चितवन
चितवनमा चट्याङ लागेर एकै घरका ३ जना घाइते

चितवनमा चट्याङ लागेर तीन जना घाइते भएका छन् ।

इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमवार राति चट्याङ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चट्याङबाट सोमबहादुर चेपाङका श्रीमती ५० वर्षीय सानुमाया चेपाङ, १० वर्षीय छोरी मनीषा र १२ वर्षीय छोरा रामबहादुर घाइते भएका कार्यालयका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । ​​

सानुमाया तथा मनीषा सामान्य घाइते  छन् । उनीहरूको हात्तीवाङ काउले स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रवक्ता भण्डारीले बताए ।

प्रवक्ता भण्डारीका अनुसार छोरा रामबहादुरको भने हातखुट्टा, पेट र अनुहार डढेको तथा उनको आधारभूत अस्पताल कुरिनटारमा उपचार भइरहेको छ।

चट्याङबाट एक कोठे कच्ची घर पनि जलेर नष्ट भएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्