२३ जेठ २०८३, शनिबार

सिटिजन लाइफ इन्स्योरेन्सले गर्‍यो गार्गी कन्या गुरुकुललाई ३ लाख रुपैयाँ सहयोग

चैत १४, २०८०
काठमाडौं
सिटिजन लाइफ इन्स्योरेन्सले गर्‍यो गार्गी कन्या गुरुकुललाई ३ लाख रुपैयाँ सहयोग

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चितवनको देवघाटमा रहेको गार्गी कन्या गुरुकुललाई ३ लाख रुपैयाँ सहयोग गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गुरुकुललाई सहयोग गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल र कर्पोरेट सेल्स हेड रिता पाठकले संयुक्त रूपमा गुरुकुल प्रतिष्ठानका उपाध्यक्ष डा. मन काफ्ले र सल्लाहकार भागवतकुमार काफ्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

यस सहयोगले गुरुकुललाई विद्यालय सञ्चालन गर्न केही मद्दत पुग्ने कम्पनीको विश्वास छ ।

२०६८ सालमा स्थापना भएको गुरुकुलले उचित शिक्षाका साथै विदुषी नारी तयार गरी आत्मनिर्भर एवं स्वावलम्बी बनाउने उद्देश्य राखेको छ ।

यो गुरुकुल नेपालकै पहिलो समावेशी गुरुकुल हो । 

जहाँ नेपालभरिका हरेक समूहका महिलाहरूलाई विनाकुनै भेदभाव कक्षा ६ देखि १२ सम्म सरकारी पाठ्यक्रमअनुसार अध्ययन गर्न पाउँछन् ।

यसका साथै संस्कृत अध्यापन, नि:शुल्क भोजन र आवासको व्यवस्था पनि गुरुकुलले गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्