२० असार २०८३, शनिबार

सुजुकीले ल्याएको ‘नयाँ वर्ष २०८१, क्यास पाँउ एक्कासि’ योजना​​​​

चैत १४, २०८०
काठमाडौं
सुजुकीले ल्याएको ‘नयाँ वर्ष २०८१, क्यास पाँउ एक्कासि’ योजना​​​​

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबमाइल्स प्रालिले आकर्षक अफर सार्वजनिक गरेको छ ।

नयाँ वर्षमा उत्कृष्ट मोटरसाइकल तथा स्कुटरको खरिदमा ‘नयाँ वर्ष २०८१, क्यास पाँउ एक्कासि’ योजना ल्याएको कम्पनीले जनाएको छ ।

योजना अन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ नगद छुट प्राप्त गर्नेछन् ।

यस्तै, स्क्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्म क्यास पाउने छन् । 

यसका साथै कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मूल्याङ्कनभन्दा थप रकम प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

जस अन्तर्गत मोटरसाइकलमा १५ हजार र स्कुटरमा २० हजार रुपैयाँ वा फाइनान्समा शून्य प्रतिशत ब्याजदर मध्ये जुन ठीक लाग्छ त्यो छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।​​

सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेन्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा उपलब्ध गराउने भएको छ ।​

बहुराष्ट्रिय कम्पनी सुजुकीले सन् १९५० देखि नै सुजुकीको मोटरसाइकल उत्पादन गर्दै आइरहेको छ ।​

सुजुकीको मोटरसाइकल आफ्नो जापानीज टेक्नोलोजी, गुणस्तरीय निर्माण र वस्तुको मोडेल अनुसारको उत्पादनका लागि ख्यातिप्राप्त छ ।

यो योजना २०८० चैत  १४ गतेदेखि २०८१ जेठ १८ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्