०८ साउन २०८३, शुक्रबार

जलवायु सङ्कटमा विश्वव्यापी प्रतिक्रियाको आवश्यकतामा बोआओ फोरमको जोड

चैत १४, २०८०
काठमाडौं
जलवायु सङ्कटमा विश्वव्यापी प्रतिक्रियाको आवश्यकतामा बोआओ फोरमको जोड

सन् १९९० को दशकको सुरुमा जलवायु परिवर्तनको मुद्दालाई मानव समाजले मान्यता दिएपछि र सन् १९९४ मा जलवायु परिवर्तनमा संयुक्त राष्ट्रसङ्घ फ्रेमवर्क कन्भेन्सन (युएनएफसिसिसी) लागु भएपछि धेरै ढिलो हुनुअघि विश्वभरका मुलुकहरू अब जलवायुमा ठोस कार्यको माग गर्ने महत्त्वपूर्ण क्षणमा आइपुगेका छन् । 

दक्षिणी चीनको हाइनान प्रान्तको बोआओमा जारी बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलन २०२४ मा अन्तर्राष्ट्रिय जलवायु परिवर्तन वार्ताकार, उद्यम, बैंकर र वैज्ञानिकहरूले यो तात्कालीक भावनामा जोड दिएका छन् । 

बुधबार बोआओ कन्फरेन्स सेन्टरमा प्रतिनिधि र पत्रकारहरूसहितको प्यानल छलफलमा जलवायु परिवर्तनका लागि चीनका विशेष दूत लिउ जेनमिनले विश्वभरका प्रत्येक मुलुक र हरेक व्यक्तिले कार्बन तटस्थता र ऊर्जा सङ्क्रमण लक्ष्यहरू प्राप्त गर्न कदम चाल्ने समय भएको बताए ।  

‘एक्सिलरेटिङ क्लाइमेन्ट एक्सन’ शीर्षकको प्यानल छलफलमा सहभागीहरूले विश्वव्यापी तापक्रम वृद्धिको प्रतिक्रियामा वित्तपोषण मुख्य चुनौतीमध्ये एक भएको बताए । विकासोन्मुख मुलुकहरूमाथि जलवायु परिवर्तनसँग लड्न आवश्यक धन प्राप्त गर्न ठूलो दबाबमा रहेको लिउले बताए । उनले जलवायु परिवर्तन प्रतिक्रियाको अभ्यास केही मुलुकले मात्र गर्न नसक्ने भई सबै मुलुकले गर्ने भएकाले विकासोन्मुख राष्ट्रहरूको आर्थिक आवश्यकता पूरा गर्न विकसित मुलुकहरूसँग थप कदम चाल्न आग्रह गरे । 

“वित्तपोषणका अतिरिक्त नयाँ खोजमार्फत राम्रो प्रविधि कसरी आविष्कार गर्न सकिन्छ भन्ने ठूलो चुनौती छ, जलवायु परिवर्तनप्रति मानवताको प्रतिक्रिया प्राविधिक विकासमा निर्भर हुन्छ”, लिउले भने । यस शताब्दीको मध्यसम्ममा विश्वले कार्बन तटस्थता हासिल सुनिश्चित गर्न विद्यमान प्रविधि पर्याप्त नभएको उनको भनाइ थियो । 

“सम्भवतः नयाँ प्रविधिहरू विकसित गर्नुपर्ने आवश्यकता छ, त्यसैले हामी विश्वभरका सरकार, उद्यमी र वैज्ञानिकहरूलाई नयाँ ऊर्जा प्रविधिको विकास र सुधार बढाउन प्रोत्साहित गर्दछौँ”, उनले भने, “प्राविधिक र वित्तीय दुवैको समाधान भएपछि मात्र मानिसहरूका लागि जलवायु परिवर्तनसँग लड्न सहज हुनेछ ।”

बुधबारको जलवायु–केन्द्रीत छलफलमा औषधि उद्योगलगायत विभिन्न क्षेत्रका उद्यमहरूले भाग लिए । छलफलमा जलवायु परिवर्तनमा सबै पक्षको बढ्दो साझा चिन्तामाथि प्रकाश पारियो । औषधि कम्पनी एस्ट्राजेनेकाका प्रमुख कार्यकारी अधिकारी पास्कल सोरियटले जलवायु परिवर्तनले ३० देखि ४० वर्षको समयमा मानिसहरूको जीवनमा प्रभाव पार्नेछ भन्ने धारणा गलत भएको बताए ।

उनले पर्यावरणसम्बद्ध जोखिमका कारण हरेक वर्ष करिब एक करोड २० लाख मानिस मर्ने गरेको जलवायु परिवर्तनको प्रभावभन्दा पहिला नै स्पष्ट भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्