
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इलाम २ मा उम्मेदवार बन्नका लागि ६ जनाले दाबेदारी प्रस्तुत गरेका छन् ।
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि सो पार्टीले प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्ने भएपछि ६ जनाले दाबी पेश गरेका हुन् ।
जसअनुसार गोकुल राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बु र डा शेष रमण न्यौपानेले पार्टीमा दाबी पेश गरेका छन् ।
यी छ जनाबाट रास्वपाले आधिकारिक उम्मेदवारको टुङ्गो लगाउने केन्द्रीय निर्वाचन आयोगको सचिव भूमिनन्द बरालले जानकारी दिए ।