२२ जेठ २०८३, शुक्रबार

लुम्बिनी विकास कोषभित्र सञ्चालित होटल व्यवसाय बन्द गर्न माग राख्दै व्यवसायी आन्दोलित

चैत १५, २०८०
बुटवल
लुम्बिनी विकास कोषभित्र सञ्चालित होटल व्यवसाय बन्द गर्न माग राख्दै व्यवसायी आन्दोलित

लुम्बिनी विकास कोषको हाताभित्र बनाइएका बिहारहरूमा पर्यटक, धार्मिक पर्यटक वा तीर्थयात्रीका नाममा गरिँदै आएका होटल व्यवसाय अविलम्ब बन्द गर्न माग राख्दै यहाँका व्यवसायीहरूले आन्दोलन शुरू गरेका छन् । लुम्बिनी होटल संघ नेपालले गुरुयोजना क्षेत्रका बिहार तथा गुम्बाहरूमा पर्यटक राख्ने व्यवस्था अविलम्ब रोक लगाउन माग गर्दै लुम्बिनी विकास कोषविरुद्ध आन्दोलन शुरू गरेको हो ।

संघले ‘गरी खान देउ’ भन्ने नाराका साथ आन्दोलन थालेको अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले बताए । आन्दोलन कार्यक्रमअन्तर्गत आजदेखि शुरू भएको अनिश्चितकालीन धर्ना माग पूरा नभएसम्म जारी रहने उनले बताए । 

null

लुम्बिनी विकास कोषको कार्यालय प्रांगणमा शान्तिपूर्ण धर्नासहितका विभिन्न कार्यक्रम गर्ने, तीन दिनसम्म दिनको २ घण्टा शान्तिपूर्ण धर्ना र त्यसपछि समय बढाउँदै लैजाने उनको भनाइ छ । 

सयौं कोठाहरू पर्यटक राख्ने गरी बिहारहरू बनाइएको तथा बिहार र गुम्बा भनिने ठाउँहरू बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको नमूना नभई व्यापारको थलो बनेको उनको भनाइ छ । समस्या समाधानको माग गर्दै गत फागुन २९ गते ७ दिनको समय दिएर ज्ञापनपत्र बुझाइएकोमा अघिल्ला वर्षहरू जस्तै बिहारहरूलाई एक एक थान पत्र बुझाउनुबाहेक कुनै ठोस कदम नचालिएको ज्ञवालीले बताए । 

संघका महासचिव पुरुषोत्तम अर्यालले नियमविपरीत बिहारमा होटल व्यवसाय सञ्चालन गरेको कार्यविरुद्ध १२ वर्षदेखि आफूहरू लड्दै आएको र हालसम्म मागको सुनुवाइ नभएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्