२९ जेठ २०८३, शुक्रबार

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थपियो

चैत १५, २०८०
काठमाडौं
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थपियो

ढाका–बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालिदा जियाको जेल सजायलाई अर्को ६ महिना थप गरेको छ । 

बंगलादेशको गृह मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै जेल सजाय थप गरिएको जनाएको छ । मन्त्रालयले थप गरिएको अवधिमा खालिदा जियाले आफ्नो मुलुक छाड्न पाउने छैनन् । 
मन्त्रालयले जियाले बंगलादेशमै स्वास्थ्योपचार गर्नुपर्ने पनि जनाएको छ । 

सन् २०२० यता पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थप गरिएको यो छैटौं पटक हो । कोभिड महामारीको समयमा मानवीय कारण देखाउँदै बंगलादेश सरकारले सन् २०२० मार्चमा अस्थायी प्रयोजनका लागि जियालाई जेलमुक्त गरिदिएको थियो ।

बंगलादेश नेसन्लिस्ट पार्टीका अध्यक्ष समेत रहेकी पूर्वप्रधानमन्त्री जिया सन् २०१८ देखि जेलमा रहेकी छिन् । बंगलादेशको एक अदालतले उनीमाथि विदेशबाट प्राप्त सहायता रकम हिनामिना गरेको आरोपमा सात वर्षको जेल सजाय तोकेको थियो । 

जियामाथिको जेल सजाय राजनीतिक प्रेरित रहेको विपक्षी दलले आरोप लगाउँदै आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्