२१ जेठ २०८३, बिहीबार

सशस्त्रका एसएसपी अधिकारी डीआइजीमा बढुवाका लागि सिफारिस

चैत १६, २०८०
काठमाडौं
सशस्त्रका एसएसपी अधिकारी डीआइजीमा बढुवाका लागि सिफारिस

सशस्त्र प्रहरीका एक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआइजी) बढुवामा सिफारिस भएका छन् । बिहीबार बसेको बढुवा समितिको सचिवालयले एसएसपी दीपक अधिकारीलाई डीआइजी बढुवामा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ । 

उनलाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम बढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।

बढुवा सिफारिसउपर चित्त नबुझे नियमावलीको ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र उजुरी सुन्ने समितिमा उजुरी दिन सकिने सचिवालयले जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्