२८ जेठ २०८३, बिहीबार

राष्ट्रियसभा उपाध्यक्षमा एकीकृत समाजवादीको दाबी

चैत १६, २०८०
काठमाडौं
राष्ट्रियसभा उपाध्यक्षमा एकीकृत समाजवादीको दाबी

राष्ट्रियसभा उपाध्यक्ष पदमा नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ । एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले उपाध्यक्ष आफ्नो पार्टीले लिने सहमति भइसकेको दाबी गरे । 
। 
राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई दिएर उपाध्यक्ष एमालेले लिने यसअघि सहमति भएको समाजवादीका नेताहरुले दाबी गर्दै आएका छन् ।  सोहीअनुसार सो पार्टीले उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिइसकेपनि आफूले पाउनुपर्ने धारणा राखेका हो । तर, एकीकृत समाजवादीलाई गठबन्धनमा समेट्ने गरी भएको ७ बुँदे सहमतिमा भने यो विषय उल्लेख नभएकाले अन्योलता कायमै छ ।
 

salt training

कमेन्ट गर्नुहोस्