१० साउन २०८३, आइतबार

दक्षिण अफ्रिकामा तीर्थयात्री सवार बस दुर्घटना: ४५ जनाको मृत्यु हुँदा ८ वर्षीया बालिका बाँचिन !

चैत १६, २०८०
काठमाडौं
दक्षिण अफ्रिकामा तीर्थयात्री सवार बस दुर्घटना: ४५ जनाको मृत्यु हुँदा ८ वर्षीया बालिका बाँचिन !

दक्षिण अफ्रिकामा एउटा बस पुलबाट झण्डै ५० मिटर (१६५ फिट) तल खाल्डोमा खस्दा ४५ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी लिम्पोपो प्रान्तमा जमिनमा ठोक्किएर बस खाल्डोमा खसेको बीबीसीले जनाएको छ । 

बारमा ठोकिएर दुर्घटनाग्रस्त भएको बस खाल्डोमा खसेपछि त्यसमा आगो लागेको थियो ।

दुर्घटनामा एक आठ वर्षीया बालिका भने बाँचेकी छन् । गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल लगिएको समाचारमा उल्लेख छ । 

समाचारमा जनाइएअनुसार यात्रुहरू बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया सहरमा इस्टर सेवाका लागि यात्रा गरिरहेका तीर्थयात्रीहरू थिए । 

बिहीवार साँझसम्म उद्धार कार्य सञ्चालन भएको थियो। मृतकमध्ये केहीको शव निकाल्न गाह्रो भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्