२१ जेठ २०८३, बिहीबार

हाइड्रोलिक्समा समस्या देखिएपछि दोहा उडेको नेवानिको जहाज काठमाडौं फर्काइयो

चैत १६, २०८०
काठमाडौं
हाइड्रोलिक्समा समस्या देखिएपछि दोहा उडेको नेवानिको जहाज काठमाडौं फर्काइयो

कतारको दोहा उडेको नेपाल वायुसेवा निगमको नाइनएन–एएलवाई कलसाइन जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौँ नै फिर्ता गरेर अवतरण गराइएको छ ।

निगमका प्रवक्ता देवेन्द्र पुनले कतार उडेको वाइडबडी ए-३३० को हाइड्रोलिक्समा समस्या भएर शुक्रवार बिहान ३ बजे काठमाडौं फिर्ता गरिएको जानकारी दिए । 

'दोहा उड्दै गरेको जहाजको हाइड्रोलिक्समा समस्या देखिएपछि केही मिनेटमै काठमाडौं फिर्ता गरेर नर्मल अवतरण गराइएको हो', उनले भने, 'जहाज अहिले ठीक भइसकेको छ । नियमित उडान अन्तर्गत दिल्ली उड्ने तयारीमा छ ।'

यात्रुलाई भने उत्तिखेरै तयारी अवस्थामा रहेको अर्को जहाजमा दोहा पठाइएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्