
काठमाडौंको कपनबाट पेस्तोलसहित १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ घर भई हाल काठमाडौं महानगरपालिका ६ सरस्वतीनगर बस्ने २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बु छन् ।
उनको साथबाट कटुवा पेस्तोल १ थान, धारिलो चक्कु २ थान, फलामको हम्बर १ थान र आई फोनसहित २ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कपन क्षेत्रमा हतियारसहित लिम्बूले गुण्डागर्दी गरिरहेको सूचना आधारमा उनलाई पक्राउ गरिएको हो ।
प्रहरीले गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरूको खोजतलास कार्यलाई तीव्रता दिएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।