
प्राय नेपाली मौलिक पोसाक (दौरा सुरुवाल)लगाउने नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जिन्स पाइन्टमा देखिएका छन् ।
गृहजिल्ला झापामा रहेका ओली शुक्रवार जिन्स पाइन्ट लगाएर दमकको भ्युटावर हेर्न गएका थिए ।
ओलीले हिजो भाटभटेनीमा कपडा हेर्दै गरेको तस्वीर राखेका थिए । बिरलै देखिने जिन्स पाइन्ट लगाएका ओलीले भादगाउँले कालो टोपी र कोट लगाएका थिए ।
एमाले उपाध्यक्ष रामबहादुर थापासहित भ्युटावर हेर्न गएका ओलीले त्यहाँ स्थानीयसँग कुराकानी गरेका छन् ।
ओली प्रधानमन्त्री बनेको समयमा दमकमा १८ तले भ्युटावर बनेको हो ।
बजारभन्दा पर रहेको यो ठाउँमा भ्युटावरको औचित्यलाई लिएर प्रश्न उठिरहेको छ ।
