
नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससँगको समन्वयमा ‘ग्लोबल मनी वीक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
१८ मार्चदेखि २४ सम्म विश्वभर चल्ने ‘ग्लोबल मनी वीक’को अवसरमा धितोपत्र बजार, लगानी र जोखिम न्यूनीकरण विषयमा विभिन्न ५ स्थानमा अन्तरक्रिया कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।
'उज्वल भविष्यका लागि लगानी' विषयमा सर्वसाधारण माझ वित्तीय साक्षरता प्रदान गर्ने मुख्य उद्देश्यका साथ चैत ५ देखि ८ गतेसम्म नेपालगन्ज, कोहलपुर, धनगढी, महेन्द्रनगर बजार र कन्चन क्याम्पसमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कम्पनीका अनुसार शेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे सर्वसाधारणलाई साक्षर गराउनु कार्यक्रमको मुख्य लक्ष्य रहेको थियो ।
विभिन्न स्थानमा गरिएको कार्यक्रममा सहभागीलाई लगानीका विधि, सानै उमेरबाट लगानी गर्दा भविष्यमा हुने लाभ र लगानीका जोखिमका विषयमा जानकारी प्रदान तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा ५०० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।