०४ असार २०८३, बिहीबार

दाङको देउखुरीमा बस दुर्घटना, १३ जना घाइते

चैत २१, २०८०
बुटवल
दाङको देउखुरीमा बस दुर्घटना, १३ जना घाइते

बुटवलबाट सुर्खेतका लागि छुटेको यात्रुबहाक बस दाङको देउखुरीमा दुर्घटना भएको छ । दुर्घटनामा परी १३ जना यात्रु घाइते भएका छन् ।

लमही नगरपालिका–३ वनगाउँमा दुई वटा बस एक-आपसमा  ठोकिँदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । 

बुटवलबाट सुर्खेतका लागि छुटेको लु १ ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवलका लागि छुटेको रा १ ख २५८१ नम्बरको बस एक-आपसमा ठोकिएका थिए ।

दुर्घटनामा दुवै बसमा सवार यात्रु घाइते भएका प्रहरीले जनाएको छ ।

सामान्य घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई बुटवल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्