काठमाडौं, २९ पुस– एसएलसी परीक्षा हटेपछिको पहिलो माध्यामिक परीक्षा आगामी चैत ३ गतेदेखि हुने भएको छ ।
सरकारले शिक्षा ऐनमा संशोधन गर्दै यस वर्ष देखि एसएलसीको सट्टा माध्यामिक परीक्षा सञ्चालन गर्ने भएको हो ।
अब १२ कक्षाको परीक्षा अन्तिम परीक्षाका रुपमा सञ्चालन हुनेछ । यस्तै राष्ट्रिय परीक्षा बोर्डका प्रदेश कार्यालय सञ्चालनमा नआउँदासम्म कक्षा १० को परीक्षा अहिलेको परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन गर्नेछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले चैत ३ देखि १४ गतेसम्म परीक्षा लिने भएको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।
सरकारले गएको वर्षदेखि लेटर ग्रेडिङ प्रणालीअनुसार परीक्षाफल सार्वजनिक गरेको छ । जसअनुसार ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डि, इ र एन श्रेणी छुट्याइएको छ ।
परीक्षा तालिका हेर्न यहाँ क्लिक गर्नुहोस्