२१ जेठ २०८३, बिहीबार

लुक्ला जाने पर्यटक बढेसँगै रामेछाप विमानस्थलमा राखियो पहिलोपटक एक्स-रे मशिन

चैत २१, २०८०
रामेछाप
लुक्ला जाने पर्यटक बढेसँगै रामेछाप विमानस्थलमा राखियो पहिलोपटक एक्स-रे मशिन
फाइल फोटो

रामेछापको मन्थली विमानस्थलबाट सोलुको लुक्ला जाने पर्यटकको सङ्ख्या दैनिक बढ्दै गएपछि चेकजाँचका लागि एक्स-रे मशिन राखिएको छ ।

नियमित चेकजाँच सहज बनाउने उद्देश्यले मन्थली विमानस्थलमा पहिलोपटक एक्स-रे मशिन राखिएको हो ।

मशिन नहुँदा हवाइजहाजबाट यात्रा गर्ने स्वदेशी तथा विदेशी यात्रुहरूको  प्रहरीले सबै झोला खोलेर चेकजाँच गर्ने गरेको थियो ।

जहाजमा लैजान प्रतिबन्धित गरिएका सामान ओसारपसार नहोस् भनेर प्रहरीले यात्रुका झोला खेलेर नै जाँच गर्ने गरेको थियो ।

जिल्लामा मशिन प्राप्त भएपछि झोला खोलिरहनु पर्ने झन्झट नभएको र समयको समेत बचत हुने गरेको  नागरिक उड्डयन प्राधिकरण रामेछापका वरिष्ठ अधिकृत उज्ज्वल गुरागाईँले बताए ।

उनका अनुसार उक्त मशिन नागरिक उड्डयन प्राधिकरण काठमाडौं रामेछापलाई उपलब्ध गराएको हो ।

salt training

कमेन्ट गर्नुहोस्