१० साउन २०८३, आइतबार

कांग्रेस सांसदको कटाक्ष– सत्ता पक्षका सांसदले सहकारी पीडितको पक्षमा बोले रेकर्डबाट हटाइदिनु !

चैत २१, २०८०
काठमाडौं
कांग्रेस सांसदको कटाक्ष– सत्ता पक्षका सांसदले सहकारी पीडितको पक्षमा बोले रेकर्डबाट हटाइदिनु !
फाइल फोटो

सत्तापक्षका सांसदहरूले सहकारी पीडितको पक्षमा नबोलेको भन्दै कांग्रेसकी एक सांसदले कटाक्ष गरेकी छिन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा कांग्रेस सांसद सीता मिजारले सत्तापक्षका सांसदले सहकारी ठगी गर्नेलाई कारबाही होस् भनेर कसैले बोलेमा रेकर्ड हटाइदिनु भनेर व्यंग्य गरेकी हुन् । 

‘सभामुख महोदय, सत्तापक्षको रोमा बस्ने कुनै सांसदले सहकारी पीडितको पक्षमा, ठगी गर्नेलाई कारबाही होस् भनेर बोल्नुभयो भने संसद्‌को रेकर्डबाट हटाइदिन आग्रह गर्न चाहन्छु’, सांसद मिजारले भनिन् ।

संसद्‌मा केही असंसदीय शब्द बोलेमा रेकर्डबाट हटाउने परम्परा छ ।

सहकारी ठगीमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै कांग्रेसले संसद्‌मा निरन्तर प्रश्न उठाइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्