
पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले सर्वोच्च अदालतको इजलासमै विष सेवन गरेकी छिन् ।
बुधवार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेकी हुन् ।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द अधिकारीले पनि इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विषजस्तो केही पदार्थ सेवन गरेको बताए ।
लगत्तै अदालत प्रशासनले उनलाई उपचारको लागि वीर अस्पताल पठाएको उनले जानकारी दिए ।
वैवाहिक बलात्कारको आरोप लगाउँदै उनले श्रीमान् भुवनविरुद्ध मुद्दा दायर गरेकी छिन् ।