
अर्घाखाँचीको शीतगङ्गामा जीप र मोटरसाइकल एक-आपसमा ठोकिँदा १ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
शीतगङ्गा नगरपालिका–१४ जलुकेपानीमा लु २ च ७९३२ नम्बरको जीप र लु ६ प ७९३१ नम्बरको मोटरसाइकल एक-आपसमा ठोकिएर दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका २८ वर्षीय नियाज मुसलमान छन् ।
उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी नायब निरीक्षक शालिकराम खनालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा जीप चालक रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षीय सनिउल्लाह थकिर घाइते भएका छन् ।
जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।