०३ साउन २०८३, आइतबार

बल्खुको साझा पम्प २४सै घण्टा खुला

चैत २१, २०८०
काठमाडौं
बल्खुको साझा पम्प २४सै घण्टा खुला

साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोलपम्पबाट आजदेखि २४सै घण्टा पेट्रोलियम पदार्थ वितरणको शुरू गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आज सेवाको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा मन्त्री भण्डारीले साझाको गर्विलो इतिहासको स्मरण गर्दै साझालाई राज्यले प्राथमिकता नदिँदा पछाडि परेको बताए ।

उनले निगमको सेवा प्रवाहलाई अझै भरपर्दो बनाउनुपर्नेमा जोड दिँदै सेवा प्रवाह, शुद्धता, चुहावटलगायत सबै कुरामा सुधारको खाँचो रहेको औंल्याएका थिए ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले मन्त्रीको निर्देशन बमोजिम क्रमशः साझा तथा अन्य पेट्रोल पम्पबाट पनि सेवालाई २४ सै घण्टा गरिने जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्