२२ जेठ २०८३, शुक्रबार
प्रदेशसमा सरकार फेरबदल

लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महराद्वारा दाबी पेश

चैत २३, २०८०
बुटवल
लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महराद्वारा दाबी पेश

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (माओवादी केन्द्र)का जोखबहादुर महराले दाबी पेश गरेका छन् ।

डिल्लीबहादुर चौधरीले बिहीबार पदबाट राजीनामा दिएपछि शुक्रवार महराले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

नयाँ गठबन्धन दलका नेताहरूले प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा पुगेर ४४ सांसदको हस्ताक्षर बुझाएको एमाले प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिए । 

एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र १ जना स्वतन्त्र प्रदेशसभा सदस्यले महराको पक्षमा हस्ताक्षर गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश मन्त्रिपरिषद् गठन प्रक्रिया शुरू भएको हो ।

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ । महरा रोल्पाबाट निर्वाचित सांसद हुन् ।

लुम्बिनी प्रदेशमा बहुमत पुर्‍याउन समर्थन गर्ने साना राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई समेत सरकारमा सहभागी गराउने तयारी रहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्