०१ असार २०८३, सोमबार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

चैत २३, २०८०
खोटाङ
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

खोटाङमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दिप्रुङ चुइचुम्मा गाउँपालिका २ नालीका ३५ वर्षीय प्रकाश परियार छन् ।

उनलाई बिहीवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

परियारले ती बालिकालाई ललाई फकाई आफ्नै घरमा लगी बलात्कार गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो ।

सोही उजुरीका आधारमा प्रहरी चौकी दिप्रुङ चुइचुम्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्